झापा , साउन २४ । राजवंशी समाज विकास समितिको गतिविधिप्रति राजवंशीहरुले असन्तुष्टि जनाएका छन् ।

आज झापा गाउँपालिकामा भएको गाउँपालिकास्तरीय भेलामा राजवंशीहरुले जातीय संस्थाप्रति असन्तुष्टि जनाएका हुन् । भेलामा बोल्ने अधिकाँश वक्ताहरुले नेतृत्वमाथि टिप्पणी र गुनासो गरेका थिए । ‘बैठक हँुदा किन खबर गराउँदैनन् ’भनी भोलाशंकर राजवंशीले खुलेरै आफ्नो गुनासो पोखेका थिए । त्यसैगरी अर्का बक्ता कोकिलप्रसाद राजवंशीले जातीय संस्था चलाउन नसके बन्द गर्नु भन्दै आक्रोश पोखेका थिए
विश्वनाथसिंह राजवंशीको प्रमुख आतिथ्यमा गोविन्दप्रसाद राजवंशी , भगदेव राजवंशी र जगन्नाथ राजवंशी विशेष अतिथि रहेको कार्यक्रममा , मनोजकुमार राजवंशी ,विजय राजवंशी , पर्वत राजवंशीले पनि बोलेका थिए । वडा नं २ मा रहेको सामुदायिक भवनमा भएको भेलामा जातीय हकहित , आर्थिक , सामाजिक , सांस्कृतिक तथा शैक्षिक विकासका लागि कोष खडा गर्न विधानको आवश्यकता पर्ने हुँदा उक्त विधान तयार गर्न रासविस झापा गाउँपालिका कार्य समिति सचिव देवेन्द्र चन्द्रसिंह राजवंशीको सयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्