मेचीनगर, साउन २५ । वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ ।

लामो सयमदेखि मिर्गाैला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आज अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।हस्पिटलबाट आज घर पुर्याएको केही घण्टामा नै उनको निधन भएको हो । रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै रहेका थिए । उनका थुप्रै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्