झापा ,साउन २५ । विना इजाजत सालको काठ कटान गरेको अभियोग लागेर फरार रहेका मेचीनगर १२ का ३१ वर्षिय रमेश राईलाई पक्राउपछि जेल चलान गरिएको छ ।

काठ कटान गरेको अभियोगमा रेन्जर बाबुराम फुँयलको जाहेरीमा उनलाई झापा जिल्ला अदालतले २०७१ बैशाख १५ गते सजाय तोकेको थियो । त्यस सजायमा एक महिना कैद र २२ हजार ८ सय रुपैयाँ बेरुजु रहेकाले फरार रहेका राईलाई गत साउन २५ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भद्रपुर १० बाट पक्राउ गरेको थियो । जिल्ला अदालतमा पेस गर्दा उनलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्