भद्रपुर , साउन १७ । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ ।

कन्काई नगरपालिका–५ का १७ वर्षीय एक युवकको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई हिजो साँझ मेची अस्पताल पु¥याइएको थियो । उनमा छाती दुख्ने, रुघाखोकी, दम र स्वासप्रश्वासमा समस्या देखिएको मेसु ठाकुरले बताए । ती युवालाई पहिला कनकाई हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ निको नभएपछि बिर्तासिटी हस्पिटल लगिएको थियो । बिर्तासिटीले कोरोना संक्रमणको आशंका गरी मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरेको थियो ।
मृतकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । त्यसको रिपोर्ट भोलि आउने ठाकुरले जानकारी दिए । रिपोर्ट नआएसम्म शवलाई पोष्टमार्टम घरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्