मेचीनगर साउन २७ । मेचीनगरको एक दम्पतीमा कोरोना संक्रमण देखिएको छ ।

मेचीनगर नगरपालिका वडा नं ९ का दम्पतीमा संक्रमण देखिएको हो । उनीहरुको उमेर ३७ र ३० बर्षको रहेको छ । भारतको गोवाबाट फर्केर ती दम्पती होटल रोयल निर्वाण क्वारेन्टाइनमा बसेका थिए । ती दम्पतीसँगै मेचीनगरका अन्य दुईजनामा पनि संक्रमण देखिएको छ । वडा नं ९ का दुई पुरुष भारतबाट फर्केर सोही क्वारेन्टाइनमा बसेका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्