मेचीनगर, साउन २७ । अबैध रुपमा भारतबाट ल्याउँदै गरेको ओरियन कम्पनीको अठार लाख मूल्यबढीको सामान प्रहरीले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ओरियन कम्पनीको सामान बरामद गरेको हो । अठार लाख उनासी हजार छ सय मूल्य बराबरको ओरियन कम्पनीको सामान र अठसट्ठी हजार तीन सय सत्तरी मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी बरामद गरी आजै आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । त्यस्तै हिजोे कचनकवल गाउँपालिका ६ बनियानी पुलबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको एकतीस हजार पाँच सय मूल्य बराबरको युरिया मल बरामद गरी भद्रपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्