भद्रपुर ,साउन २८ । मेची अस्पताल भद्रपुरमा मृत्यु भएका कनकाई नगरपालिका ५ का १७ वर्षिय किशोरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

मेची अस्पताल भद्रपुरका पिसिआर ल्याबका फोकल पर्सन जितेन्द्र झाले आफूहरुको ल्याबमा परीक्षण गर्दा ती किशोरको रिपोर्ट नेगेटिभ आएको बताए । यद्यपि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि परीक्षणका लागि पठाइएको जानकारी दिए । त्यसको रिपोर्ट आज बिहान १० बजेतिर आइपुग्ने छ । ती किशोरसँगै १० जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको हो । आफूहरुको रिपोर्टसँग ठ्याक्क मेल खाएपछि प्रदेश सरकारले अनुमति दिने र त्यसपछि आफूहरुले पिसिआर परीक्षण गर्न शुरु गर्ने फोकल पर्सन झाले बताए । हिजो बिहान किशोरको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको थियो। केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर सुनार घाइते भएका थिए। खोकी लाग्ने,श्वासप्रश्वासको समस्याजस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण उनमा देखिएको थियो ।कोरोनाकै आशंकामा तीनवटा हस्पिटलले उनलाई भर्ना गर्न मानेनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्