मेचीनगर ,साउन २८ । मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित समुदायका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केहीदिन अघि मेचीनगर नगरपालिका वडा नं.१० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । तीमध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा कोरोनाको संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए।उनका अनुसार मेचीनगर नगरपालिका वडा नं.७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यसअघि संक्रमित देखिएका मेचीनगर नगरपालिका वडा नं.१० का १५ वर्षीय किशोरका परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।समुदायका थप चारजनामा संक्रमण देखिसकेपछि संक्रमित क्षत्रलाई सिल गर्ने तयारी भइरहेको बरालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्