बिर्तामोड, साउन २८ । कोरोना भाइरसको संक्रमण रोक्न झापा बिर्तामोडको स्वच्छ मोडले जीवाणुनाशक औषधि निःशुल्क छिट्ने काम सुरु गरेको छ ।

बिर्तामोड १ मा कार्यालय रहेको स्वच्छ मोडले एक सातादेखि बिर्तामोडका सहरी क्षेत्रमा डिसइन्फेक्सन पाउडर छिट्दै आएको स्वच्छ मोडका प्रमुख प्रदिप खड्काले जानकारी दिए । संस्थाले जीवाणुनाशक औषधि छिट्नका लागि स्प्रे पम्प र औषधि खरिद गरेर ल्याएको छ ।
स्वच्छ मोडको अगुवाईमा संस्थाका सदस्यहरुले दैनिक रुपमा बढी भीडभाड हुने र कोरोना भाइरसको जीवाणु रहन सक्ने स्थानमा औषधि स्पे्र गर्दै आएको छ । संस्थाले पसल, कार्यालय तथा प्रतिष्ठानहरुमा औषधि छिट्दै आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्