झापा, साउन २८ । प्रदेश –१ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश– १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ । सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आउँदा स्वास्थ्यमा समस्या आएपछि चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिएको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्