भद्रपुर, साउन २८ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने अवस्था देखिएपछि रोकथामको पूर्व तयारीका लागि चन्द्रगढीका युवाहरूले माक्स वितरण तीव्र बनाएका छन् ।

भद्रपुर १० र ७ का युवाहरूले चन्द्रगढीको लेखनाथ चौकमा खटिएका प्रहरीमार्फत वितरण गर्ने गरी आज ५ सय माक्स यात्रुहरूका लागि हस्तान्तरण गरेका हुन् ।
समुदायमा कोरोना फैलन रोक्नका लागि प्राथमिक उपायका रूपमा माक्स अनिवार्य प्रयोग गर्ने बानी बसाल्न भद्रपुर १० का राजन न्यौपाने, रमेश भट्टराई, अमित भट्टराई, भद्रपुर ७ का प्रकाश अधिकारी, दिपेश न्यौपानेलगायतको सहयोगमा हालसम्म ९ सय माक्स लेखनाथ चौकबाट यात्रा गर्ने यात्रुहरूलाई वितरण गरिसकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्