झापा , साउन ३० । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी, सुनसरीको दुहवीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । सुनसरीकै देवानगञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापा दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ बाहिरका सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्