दमक, साउन ३१ । दमकमा समुदायस्तरमा कोरोना जोखिम बढ्दै गएसँगै नगरभित्रका सरकारी तथा नीजि अस्पतालका ओपिडि सेवा बन्द भएका छन् । शुक्रबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा बसेको बैठकले आइतबारदेखि इमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालबाट इमर्जेन्सी बाहेक अन्य सेवा तत्काललाई रोक्ने निर्णय गरिएको एडभान्स हस्पिटल दमकका अध्यक्ष माधव पराजुलीले बताए । दमकका अस्पतालका साथै क्लिनिकमा डाक्टरले दिँदै आएको सेवा अर्को सूचना नआउनजेलसम्म बन्द हुने एडभान्स हस्पिटका व्यवस्थापक चैतन्य बरालले जानकारी दिए ।

स्वास्थ्यमा देखा परेका सामान्य समस्या घरायसी उपचार गर्न र चिकित्सकलाई टेलिफोनबाटै सम्पर्क गरेर सल्लाह लिन नगरपालिकाले आग्रह गरेको हो । नगरपालीकाले समुदायमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्