फिक्कल, भाद्र १ । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक युवकको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट आई गत साउन २६ गतेदेखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती युवकको गएराति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपनि राति ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।
गत साउन २९ गते स्वाब संकलन गरी मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएपनि उनको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए । बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या रहेको थियो । उनले कोरोना संक्रमण वा अन्य कारणले मृत्यु भएको पुष्टि रिपोर्ट आएपछि मात्र थाहा हुने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्