फिक्कल, भाद्र १ । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा मृत्यु भएका २२ बर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालका अनुसार ती युवकको गत साउन २९ गते स्वाब संकलन गरी मेची प्रादेशिक अस्पतालमा पठाईएको थियो । भारतको हैदराबादबाट आई गत साउन २६ गतेदेखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती युवकको गएराति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपनि राति ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । फोकल पर्सन बरालका अनुसार ती युवकमा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्