शिवसताक्षी, भदौ ३ । शिवसताक्षी नगरपालिकाले उब्रिएको किटलाई उपयोग गरी आरडिटी परीक्षण शुरु गरेको छ । नगरपालिकाले शिवसताक्षी नगरका विभिन्न ठाउँमा आरडिटी टेष्ट शुरु गरेको हो ।

शिवसताक्षी नगरपालिकाको वडा नं. १० स्थित धार्मिक तथा पर्यटकीयस्थल दोमुखामा पर्यटन समितिका पदाधिकारी, होटल व्यवसायी तथा जनसम्पर्कमा प्रत्यक्ष जोडिएका १५ जनाको आरडिटी टेष्ट गरिएको वडा सदस्य भाष्कर सिटौलाले जानकारी दिए । त्यसैगरी माइधार चौकमा कर्मचारी र जनप्रतिनिधिसहित १२ जनाको टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको शिवसताक्षीका स्वास्थ्य संयोजक हरि बिमलीले जानकारी दिएका छन् ।
नगरको दूधे, झिलझिले, डुडामारी, धरमपुर, चन्द्रडाँगी, शिवगञ्ज, बोलोचौकलगायतका १९ विभिन्न स्थानमा कोरोनाको आरडिटी टेष्ट गरिने भएको वडा नं. ९ का वडाध्यक्ष छबिलाल पाठकले बताए । उनले बढी हेलमेल हुने व्यक्तिहरुलाई टेष्ट गरिने जानकारी दिए। उनले भने ‘ तोकिएको स्थानहरुमा कम्तीमा १५ जनाका दरले आरडिटी टेष्ट गरिनेछ ।’शिवसताक्षी नगरपालिकाले यसअघि खरिद गरेको आरडिटी किट खेर जाने भएपछि त्यसलाई सदुपयोग गर्नका लागि मात्र सो परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । उनले नगरपालिकासँग ३०० वटा आरडिटी किट उब्रिएको जानकारी दिए ।
सरकारले यसअघि नै विवादस्पद आरडिटी परीक्षणलाई बन्द गर्ने निर्णय गरिसकेको छ । स्वास्थ्य मन्त्रालय र ’इनफ इज इनफ’ का अभियन्ताबीच गत असारको पहिलो साता भएको १२ बुँदे सहमतिमा ¥यापिड टेस्ट स्थगित गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले आरडिटी बन्द गरी पिसिआर विधिबाट मात्र परीक्षण गरिरहेको छ । सरकारले आरडिटी परीक्षण प्रयोगमा ल्याएदेखि नै यो विवादित बनेको थियो। विज्ञहरूले समेत विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै आरडिटी प्रयोग नगर्न सुझाएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्