झापा ३ भदौ । झापाको दमकमा आज एकैदिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका मध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।


जसमा तीन जना सशस्त्र प्रहरी रहेका छन् । दुईजना नेपाल टेलिकम दमकका ३७ र ४० वर्षका पुरुष कर्मचारी भएको जनाइएको छ । त्यसैगरी दमक -५को होम क्वारेन्टाईनमा बसेका ३१ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकाहरु हुन् । उनीहरु दमककै बिभिन्न वडाका बासिन्दा भएको जनाइएको छ । बिदेशबाट फर्केका उनीहरू २१ देखि ४४ वर्षसम्मका पुरुष भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आज थपिएकासँगै दमकमा संक्रमितको संख्या ४४ पुगेको छ । उनीहरु मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् । बाँकी ३० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्