झापा , भदौ ३ । नवगठित नेकपा एमालेकी अध्यक्षमा सन्ध्या तिवारी पुराना कम्युनिस्ट नेता हरि भेट्वालकी बुहारी भएको खुलेको छ ।

साविक बिराटनगर —६ हाल बिराटनगर महानगरपालिका —५ माइती भएकी उनी हाल काठमाडौँमा बसोबास गर्छिन् । हरिका छोरा मनोजसँग वैवाहिक जीवनमा बाँधिएकी उनी ससुराको निधनपछि काठमाडौँ गएकी हुन् । सामान्य तिवारी परिवारमा जन्मेकी सन्ध्याको खासै राजनीति लगानी र अनुभव छैन । ससुरा हरि भेट्वाल तत्कालीन शिवगञ्ज गाविसको २५ वर्ष गाविस अध्यक्ष भएका व्यक्ति हुन् । साविक शिवगञ्ज १ हाल शिवसताक्षी नगरपालिका ६ शिवगञ्ज घर भएको भेट्वाल परिवार घरजग्गा बेचेर काठमाडौँ गएको हो । र, उनीहरूले लामो समय काठमाडौँको शंखमुलमा बसोबास गरेको र अहिले त्यहाँबाट सरेको बताइन्छ ।साविक शिवगञ्जमा केही खेती बाँकी भएको पुराना छिमेकीहरुको भनाइ छ । करिब डेढ दशकअघि ससुरा हरिको निधन भएपछि उनीहरू काठमाडौँ गएको बताइन्छ ।२०५१ सालमा सन्ध्याको विवाह भएको बताइन्छ । उनको सानै उमेरमा बिहे भएको माइती पक्षको भनाइ छ । उनी शिवगञ्ज रहँदासम्म खास राजनीतिमा चासो राख्ने व्यक्ति नभएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । सानै उमेरदेखि राजनीति गर्ने सोच राखेको र विगतमा राजनीति नगरे पनि सानैदेखिको इच्छा पूरा गर्न दल दर्ता गराएको जवाफ दिने गरेको माइतीलाई उल्लेख गर्दै एकजना सञ्चारकर्मीले बताए । उनको अध्ययन, पेशा र परिवार संख्या अहिले पनि स्पष्ट भएको छैन। सन्ध्याले केही समय शिक्षण समेत गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्