बिर्तामोड, भदौ ४ । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिलाले कोरोना कहरले तीजमा माइती घर जान नपाएका र फ्रन्टलाइनमा रहेर काम गर्ने महिलालाई सम्मान गरेको छ ।इनरह्वील क्लव अफ बिर्तामोडले विभिन्न क्षेत्रमका ६ जना महिलालाई श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएका छन् ।
कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्ने नर्स, क्लिनर, घरेलु कामदार, व्यापारी महिलालाई सम्मान गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।

महिलालाई सम्मान गर्दै ।


पछिल्ला वर्षमा तीजका नाममा एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेकाले तीजलाई उच्छृङ्खलता र तडकभडकरहीत तरिकाले मनाउनु पर्छ भन्ने सन्देश दिने उद्धेश्यले कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा छ जना महिलालाई प्रोत्साहन गर्न श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएको उनले वताइन् । कुनैपनि काम सानो नहुने र कामलाई सवैले पूजा गर्नुपर्छ भन्ने सन्देश दिनपनि उनीहरुलाई सम्मान गरेको प्रेसिडेन्ट वंशलले बताइन् । तीज पर्वलाई तडकभडकरहीत तरिकाले मनाउन र कोरोना महामारीको समयमा घरमै रहेर रमाइलो गरी तीज मनाउन उनले सवैलाई आग्रह गरिन् ।
बिर्तामोड नपा -१ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट वंशल आइएसओ मोनिका अग्रवाल, वोर्ड मेम्वर रुची शिवाकोटी, कमला पौडेल, रेखा अग्रवाल र रेनु गोयलले सिनियर एएनएम टंकमाया संग्रौला, सेक्युरिटी गार्ड सुनिता अधिकारी, तरकारी व्यापारी फूलकुमारी राजवंशी, फलफूल व्यापारी थोपु चौधरी, क्लिनर तारा राजवंशी र घरेलु कामदार ममता शाहलाई साडी, चुरा, पोते प्रदान गरी सामुहिक दर खुवाएका थिए । त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न उनीहरलाई मास्कसमेत वितरण गरेका थिए ।
कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्दै आएपनि सवैले छि ः छि ः दूर ः दूर ः गर्ने गरेकोमा तीज पर्वको अवसरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले सम्मानसहित सामुहिक दर खुवाउँदा आफूहरुलाई वास्तविक तीज आएको अनुभूति भएको उनीहरुले बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्