झापा , भदौ ५ । झापामा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ५ महिला रहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं ३ बस्ने दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट फर्केर कंचनजंघा हेल्थ साइन्स सेन्टर क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै मेचीनगरमा तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केर सामुदायिक भवन क्वारेन्टाइनमा बसेको मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखाका नवीन बरालले बताए । त्यस्तै दमकमा पनि आज एकजनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा एकजना स्थानीय शिक्षक रहेका छन् । दमक १ निवासी बोर्डिङ स्कूलमा कार्यरत रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले बताए । उनले भदौ ३ गते १९६ जनाको पिसिआर टेष्ट गर्दा आज एकजनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३८ महिला र ५१ जना पुरुष छन् ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा २९ जना थपिएका छन् भने इलाममा ४ जना छन् । यस्तै, पाँचथर र उदयपुरमा १–१ छन् भने प्रदेश १ बाहिरका ३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङका ४४ जनामध्ये विराटनगरका मात्रै आज २९ जना संक्रमित छन् । तीमध्ये १३ जना महिला र १६ जना पुरुष हुन् । यस्तै, मोरङको कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा दुहवीका २ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १ महिला र ४ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।यसैगरि, इलामको सन्दकपुरमा २ महिला र २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । साथै, प्रदेश १ बाहिरका सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या २ हजार ४८६ पुगेको छ । प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा आजसम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्