भद्रपुर , भदौ ५ । भारतबाट नेपालतर्फ गाँजा ल्याउदै गर्दा एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ५ बस्ने ४० वर्षिय इभनि मिया रहेका छन् । आज साँझ भारतबाट नेपाल तर्फ लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा एक केजी. गाँजासहित कचनकवल गाउँपालिकाको फुलवारी स्कुल नजिकबाट उनलाई इलाका.प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पठामारीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्