कुमरखोद ,भदौ ६ । विभिन्न पार्टी परित्याग गरी १८७ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस झापा गाउँपालिका समितिको समन्वय तथा नेपाली काँग्रेस वडा समिति नं १,२ र ५ को आयोजनामा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम गरिएको थियोे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १८७ जना पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अधिकाँश नेकपा र मधेसी दलवाट आएकाहरु छन्।
नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य देउमान थेवे , ४ नं क्षेत्रीय सभापति जयनारायण शाह , क्षेत्रीय सचिव शिव कँडेललगायतले साधारण सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।
नेपाली काँग्रेस वडा सभापति कौशल गणेशको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि देउमान थेवे , विशिष्ट अतिथिहरु क्षेत्रीय सभापति जयनारायण शाह , क्षेत्रीय सचिव शिव कँडेल , जिल्ला सदस्य जगन्नाथ राजवंशी , अन्जु थपलिया ,सुन्दरलाल गणेश , मोतीलाल गणेश, राजकुमार यादव , राजकुमार कोचलगायत पार्टीका गाउँस्तरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियौ ।
प्रमुख अतिथि थेवेले नेपाली काँग्रेसको विचार र सिद्धान्तलाई अंगालेर काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई काँग्रेसले सधैं सम्मान गर्ने र नयाँ पुरानो नभनी भेदभाव कहिले नगर्ने बताए । अर्का वक्ता क्षेत्रीय सभापति शाहले आजदेिख ‘तपाईंहरु काँग्रेस हुनु भएको छ , काँग्रेसमा आवद्ध सवैले आफ्नो समस्यामा समाजका समस्यामा हातोमालो गरेर अघि बढ्नुस् ’ भन्दै आफू सधै सहकार्य गरेर अघि बढ्ने बताए ।
सितुमारी प्राविमा भएको कार्यक्रममा स्वागत मन्तव्य दुवारिका खतिवडाले गरेका थिए भने कार्यक्रमको संचालन कुमार गणेशले गरेका थिए ।
त्यस्तै भद्रपुर ३ का ९० बढी व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस भद्रपुर ३ सूर्यनगर टोल समितिको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा लगायतका दल त्यागेर ९० जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
टोल समितिका अध्यक्ष सम्सेर तामाङ्ग मोक्तानको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ३ अन्तर्गत सुर्यनगरका धिमालधुरा, ब्लक नं १० हातीमारा, नयाँ बस्ती र भैसावारी क्षेत्रका गरी ९० जना युवाहरू नेकपा लगायत पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौला, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन लगायत वडा समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्