हल्दिबारी, भदौ ७ । झापा हल्दिबारी ५ का राप्रपा र अन्य दलका गरी ५० जना अगुवा कार्यकर्ता शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको पार्टी प्रबेश कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस हल्दिबारी ५ का सभापति देवी दाहालले गरेका थिए ।कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारी सभापति दिलिप माबो, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल र क्षेत्र नं. ३ प्रदेश ख सभापति नवीन बिमली,हल्दिबारी ५ का सचिव किरन दङ्गाललगायतले बोलेको कांग्रेस युवा पारस तिम्सिनाले बताए । कार्यक्रममा नेता सिटौलाले जनताको पिर, व्यथामा कांग्रेस चुप लागेर नबस्ने बताए । उनले कार्यकर्तालाई अविचलित रहन आग्रह गर्दै नवप्रवेशीलाई सदस्यता हस्तान्तरण गरे । माया राई र प्रकाश राईको अगुवाइमा उनीहरू कांग्रेस प्रवेश गरेको पारसले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्