दमक, भदौ ७ । दमक १ का ५६ बर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्षण देखिएपनि कोरोना संक्रमण पुष्टि भएको दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताएका छन् ।
ती ब्यक्ति पथरीको उपचारका लागि दुई साता अघि काठमाडौ गएका थिए । राजधानीको ह्याम्स अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना पोजिटिभ भेटिएको थियो । उपचारका क्रममा उनको त्यही मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पसृन जीवन चोलागाइृले बताए । पछिल्लो २४ घण्टामा देशभर ३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै देशमा कोरोना सङ्क्रमित मृतकको संख्या १४९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्