झापा , भदौ ७ । अबैध हातहतियार खरखजाना मुद्दामा सजाय तोकिएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक जलथल ४ हाल हल्दिबारी गाउँपालिका वडा नं. ३ बस्ने ३८ वर्षिय सुनिल मेचे रहेका छन् । उनलाई अबैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते एक बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरिएको थियो । तालुक जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लेखापढी हुँदै आएको पत्रअनुसार मेचेलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज बिर्तामोडस्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तान गर्न नख्खुृ कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्