झापा भदौ ७ । झापामा बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक राजगढ ६ हाल बाह्रदशी गाउँपालिका वडा नं. ३ बस्ने नरप्रसाद पनेरु रहेका छन् ।बुद्धकुमार श्रेष्ठको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६माघ २१ गतेको फैसला बमोजिम पनेरुलाई चार दिन कैद र तीन लाख उनन्चालिस हजार सात सय रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रही खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका ६ बाट उनलाई पक्राउ गरेको हो । पनेरुलाई अदालतमा पेस गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्