एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

लिस्बनमा गएराति सम्पन्न फाइनल खेलमा पीएसजीलाई १—० ले हराउँदै बायर्न म्युनिखले छैटौं पटक उपाधि जितेको हो । किंगस्ली कोम्यानले खेलको ५९ आंै मिनेटमा हेडरले गरेको गोलले नै बायर्न म्युनिखलाई उपाधि दिलायो । फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै बायर्न फाइनलमा पुगेको थियो । त्यस्तै पीएसजी पहिलोपटक जर्मन क्लब आरबी लाइपजिगलाई हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्