शिवसताक्षी , भदौ ८ । शिवसताक्षी नगरपालिकाले लकडाउन भदौ १५ गतेसम्म लम्ब्याएको छ ।

नगरपालिकामा आज बसेको बोर्ड बैठकले नगरभरिका बजारका होटल, ब्युटीपार्लर र सैलुनबाहेकका पसलहरु खोल्न दिने भएको हो । अतिआवश्यक भनिएका औषधी पसल, स्वास्थ्य संस्था तथा दूध डेरी बाहेकका अन्य पसलहरु भने बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने बताइएको छ । बैठकले नगरभित्र सभा, समारोह, तालिम, योग शिविर, गोष्ठी गर्न प्रतिवन्ध लगाएको छ ।
नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १ गते राति १२ बजेदेखि भदौ ८ गतेसम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको आंशिक लकडाउनलाई सहयोग गर्ने सम्पूर्ण नगरवासी, उद्योगी, व्यवसायी, सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । नगरका प्रवक्ता नवीन इजमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कोरोना भाइरसको प्रकोप नियन्त्रण हुन नसकेको तथा छिटपुट कोरोना संक्रमित भेटिएकाले उक्त अवस्थालाई मध्यनजर गर्दै थप ७ दिन आंशिक लकडाउन गर्ने निर्णय गरिएको जनाइएकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्