झापा, भदौ ८। सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

प्रदेशमा थपिए ६४ थपिए
सोमबार प्रदेश १ मा ६४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश-१ बाहिरका ८ जनामा कोरोना संक्रमण भएको छ । मोरङको विराटनगर महानगरपालिकामा २३ जना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश- १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

दुई जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश- १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १-१ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको आइतबार बेलुका र विराटनगर ८ का पुरूषको आइतबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्