कुमरखोद , भदौ ८ । झापा गाउँपालिकाले ८ दिनको लागि आंशिक लकडाउन गर्ने भएको छ ।

झापा गाउँपालिकाले आफ्नो पालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलन नदिनका लागि भदौ १० गतेदेखि १७ गते सम्म आंशिक लकडाउन गर्ने निर्णय गरेको हो ।
आज झापा गाउँपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलले भदौ १० गतेदेखि १७ गतेसम्म हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।
झापा गाउँपालिकाको अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको बैठकले ८ दिनको लागि पहिलो चरणमा बन्द गर्ने निर्णय गरेको हो । पछि संक्रमण वढ्दै गएमा त्यही अनुसारको लकडाउन गर्ने शाहले जानकारी गराए । आंशिक लकडाउनमा सबै प्रकारका पसलहरु बिहानदेखि दिउँसो १२ बजेसम्म खुल्ला रहनेछ भने औषधि पसल दिनभरि खुल्ला रहनेछ । वित्तीय संस्थाको हकमा भने दिउँसो १ बजेसम्म खुल्ला रहनेछ । झापा गाउँपालिकाले आफ्ना मातहतका वडा कार्यालयहरुलाई २ बजेसम्मसेवा दिन निर्देशन दिएको छ भने झापा गाउँपालिकाको कार्यालय ५ बजेसम्म खुल्ला रहने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्