बिर्तामोड, भदौ ९ । बिर्तामोड नगरपालिकामा तत्काल लकडाउन नहुने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिदै गएको र छिमेकी पालिकाहरुले लकडाउन लगाइरहेको अबस्थामा बिर्तामोडमा पनि लकडाउने लगाउने विषयमा आज छलफल भएको थियो । बिर्तामोड नगरस्तरीय कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत समन्वय समितिको बैठकले लकडाउन नलगाउने निर्णय गरेको हो । बैठकमा लकडाउन लगाउन नहुने भनेर आफूहरुले सुझाव दिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनले कोरोना संक्रमण देखा परेको निश्चित क्षेत्रलाई सिल गर्न सुझाव दिएको जानकारी दिए । जिल्लाका सबै पालिकाहरुले लकडाउन गर्दा मात्र त्यसको प्रभावकारिता देखिने भएकाले बिर्तामोडमा मात्र लकडाउन गर्न नहुने धारणा राखेको बैठकमा अर्का सहभागीले जानकारी दिएका छन् । दुई दिन अघि बिर्तामोडको रत्न सुपर मार्केटका एक सुनचाँदी व्यवसायीको परिवारका दुई महिला सदस्यमा संक्रमण देखिएपछि बिर्तामोडमा पनि लकडाउन लगाउनु पर्ने माग केहीले राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्