झापा , भदौ ९ । झापा गाउँपालिकाको वडा नं ३ कामाटोली वजारको छेउमा रहेको टुडु परिवारमा गएराति बाबुछोराको झगडा हुँदा ७० वर्षिय बाबु साईला टुडुको मृत्युु भएको छ ।

राति ११ वजेतिर बाबुछोराबीच भनाभन भएपछि २५ वर्षिय छोरा सुनिल टुडुले रिसको आवेगमा आएर काठको टुक्रा र वाईकको सकअपले बृद्ध बाबुलाई अन्धाधुन्ध कुटपिट गरेका थिए । शरिरभरि कुटपिट गर्दै टाउकोमा समेत चोटपटक हुने गरी हिर्काएको र दुवैहात भाँची दिएपछि घाईतेलाई स्थानीय मेडिकल हलमा उपचार गर्न लगिएको थियो । मेडिकलमा उपचार हुने सम्भव नभएपछि मेडिकलवालाले सुविधासम्पन्न हस्पिटलमा लैजानुभन्दा पनि आफन्तले घाईतेलाई हस्पिटल लैजानुको सट्टा घरमा ल्याएर राखेको र केही घण्टामा नै उनको मृत्युु भएको थियोे । मृत्युको खवर पाउनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदको टोली घट्नास्थल पुगेको थियोे । बाबुको हत्या गर्ने सुनिललाई तत्कालै नियन्त्रणमा लिइएको सई खड्गबहादुर गिरीले बताए ।
आज बिहान जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलमा पुगेर वडा अध्यक्ष मोतीलाल गणेशको रोहवरमा सर्जमिन मुचुल्का उठाई पोष्टमार्टमको लागि लाश मेची अस्पताल पठाएको गिरीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्