भद्रपुर, भदौ ९ । कचनकवलको विकासमा राप्रपा नेतृत्वको स्थानीय सरकारले काम गर्न नसकेको भन्दै कचनकवल ३ का ४० जना बढी व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस कचनकवल ३ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा राप्रपालगायतका दल त्यागेर ४० जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदस्यता प्रदान गरेको पार्टी प्रवेश कार्यक्रममा कचनकवल ३ अन्तर्गत डाकुपाडा टोलबाट भोला राजवंशीको नेतृत्वमा २० जना, दल्की, आमबारी, गोढवा बस्तीबाट श्रीप्रसाद राजवंशी, सुकिल किस्कुलगायतको नेतृत्वका २० जना गरी ४० जना युवा राप्रपालगायतका पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री कुष्णप्रसाद सिटौला, क्षेत्रीय सभापति गणेश पोखरेल, महासमिति सदस्य भूमिप्रसाद राजवंशीलगायत वडा कार्य समितिका पदाधिकारीहरूले अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्