कुमरखोद , भदौ १० । झापा गाउँपालिकाको वडा २ मा रहेको ईलाका प्रहरी कार्यालय कुमरखोदले आज झापा वजारमा ७०० थान सर्जिकल माक्स वितरण गरेको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक खड्गबहादुर गिरीको नेतृत्वमा माक्स वितरण कार्यक्रम गरिएको हो ।
‘महामारीको रुपमा फैलिदै गएको कोभिड– १९ को संक्रमणवाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं , बेलाबेलामा सावुन पानीले मिचिमिची हात धोऔं र सार्वजनिक ठाउँ तथा भीडभाडमा जाँदा अनिवार्य रुपमा माक्स लगाऔं’जस्ता जनचेतनामूलक नाराका साथ प्रत्येक पसल पसलमा गएर प्रहरी नायव निरीक्षक गिरी आफैले माक्स वितरण गरेका थिए ।

माक्स वितरण गरिरहँदा गिरीले सागसब्जी तथा फलफूल पसलेहरुलाई सामाजिक दुरी कायम गरी व्यापार गर्न र भोलिदेखि बजार आउँदा अनिवार्य रुपमा माक्स लगाएर आउन र माक्स लगाएर नआउने जो कोहीलाई पनि संक्रमण रोग ऐन २०२० तथा प्रचलित कानुन वमोजिम कार्वाही गरिने भन्दै सचेत गराएका थिए ।
माक्स वितरण कार्यक्रममा वडा नं २ का अध्यक्ष नेत्रबहादुर खड्का , बजार व्यवस्थापन समितिका पदाधिकारीहरु , व्यापारी र समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्