भद्रपुर, भदौ १० । देशमा निरंकुश प्रवृत्ति बढ्दै जाँदा श्रमजीवि वर्ग उपेक्षामा परेको ठहर गर्दै भद्रपुरमा अग्रज पत्रकार नकुलकाजीसहित एक सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठको नेतृत्वमा एक सय जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली पत्रकारितामा बलियो धरोहर कहलिएका काजी दल निरपेक्ष पत्रकारको पहिचान बनाएर स्वतन्त्र नागरिकको हैसियतमा थिए भने श्रेष्ठ राप्रपाको स्थापना कालदेखि कुनै न कुनै भूमिकामा रहेर झापाली माटोमा राजनीति गरिरहेका चिया उद्यमी हुन् । श्रेष्ठ ३७ जना अगुवा कार्यकर्तासहित काँग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश संसद ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जनले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।
नवप्रवेशी श्रेष्ठले प्रजातन्त्रको खोजी गर्ने क्रममा नेपाली काँग्रेसमा आइपुगेको धारणा राख्दै दुधमा पानी भएर मिसिएकोले नछुट्टिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्