कुमरखोद , भदौ १० । झापा गाउँपालिकाको वडा नं ३ कामाटोली बजारमा गोरु काट्दै गरेको अबस्थामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा गाउँपालिका ३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् । आज दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई लान नदिनका लागि मुस्लिमहरुको ठूलो भीडले प्रहरीलाई अवरोध गरिरहेको सहकर्मी बरत राजवंशीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्