बिर्तामोड, भदौ १० । बिर्तामोड नगरपालिका वडा नं.–६ का विपन्न समुदायका ४१ परिवारलाई निशुल्क विद्युतको मिटर वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नंं–६ को आयोजना र नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको सहयोगमा वडामा बसोबास गर्ने विपन्न समुदायका ४१ जनालाई मिटर वितरण गरिएको वडा सदस्य पवित्रा ढुङ्गानाले जानकारी दिइन् ।
वडाध्यक्ष सूर्य कन्दङ्वाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रकाप्रमुख विरेन्द्र झाको प्रमुख आतिथ्यतामा सम्पन्न मिटर वितरण कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै वडा महिला सदस्य ढुङ्गानाले वडाका सबै घरधुरीमा पानी र वत्तीको पहुँच पुर्याउने लक्ष्य बमोजिम निःशुल्क मिटर वितरण गरिएको बताइन् ।
वडा सचिव रुकमान थलङले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा दलित सदस्य शोभा विकले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि झाले विजुलीको मिटर राख्न नसक्नेहरुका लागि प्रक्रिया पु¥याएर निवेदन आएमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । प्राधिकरणका इन्जिनियर एलिना पराजुली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष कन्दङ्वाले वडाबासीलाई स्वच्छ पानी पिउन र उज्यालोमा बस्न पाउने व्यवस्था गर्नका लागि वडा कार्यालय जुटिरहेको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्