कुमरखोद , भदौ ११ । हिजो साँझ झापा गाउँपालिकाको वडा नं ३ कामाटोली बजारमा प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षिय रफिक आलम मारिए ।

गोरु काट्ने ब्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई स्थानीयले अबरोध गर्न खोज्दा झापा गाउँपालिकामा हिजो साँझ झडप भएको थियो । आलमलाई कम्मरमा दुई गोली लागेको थियो । घाइते आलमलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोडमा ल्याई उपचारका क्रममा हिजो राति ७.४५ बजे मृत्यु भएको हो । मृतक आलम लेबर काम गर्ने निर्माण मजदुर हुन् । हिजो साँझ घटना भएको दिन उनी सुरुङ्गाबाट काम गरेर घर फर्किदै गरेका थिए । घर छेउ आइपुगेपछि उनी साइकल रोकेर रमिता हेर्दै थिए । प्रदर्शनकारी नभएर दर्शक बनेर घटना हेरिरहेका ब्यक्तिलाई गोली लागेको नेकपाका स्थानीय नेता रुद्र बजगाईले बताए । ‘ प्रदर्शनमा सहभागी नभएका आलमलाई गोली हानियो’ बजगाईले भने । प्रदर्शनमा सहभागी नभएका आलमलाई गोली लागेको मुस्लिम संगठन झापाका सचिव साजेमान शेखले समेत दावी गरे । मृतक आलमका श्रीमती , दुई छोरा र तीन छोरी रहेका छन् । सम्झाई बुझाई गर्दा स्थानीयबासीले सुरक्षाकर्मीलाई हातपात गरी, प्रहरी गाडीको चाबी थुत्ने ढुङ्गामुढा गर्ने क्रममा सशस्त्र प्रहरी बलको तर्फबाट भीडलाई तितरबितर गर्ने क्रममा हवाई फायर गर्दा आलमलाई गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्