कचनकवल , भदौ ११ । झापाको कचनकवल गाउँपालिकामा जनप्रतिनिधिहरुले लगाएको ताला स्थानीयले ताडिदिएका छन् ।

बिभिन्ने माग राख्दै नेकपा र कांग्रेस समर्थक जनप्रतिनिधिहरुले गाउँपालिका कार्यालयमा आज बिहान लगाएको ताला करिब दुई घण्टा बित्न नपाउँदै स्थानियले फुटाईदिएका हुन् । गाउँपालिकाले सिफारिस दस्तुर, राजश्व लगायतमा नागरिकलाई चर्को मार लगाउँदै कर बृद्धि गरेको, वडाबाट हुने काम वडाकै सिफारिसमा हुनु पर्नेमा गाउँपालिकाले अनावश्यक हस्तक्षेप गरेको, चालु आर्थिक बर्षको बजेट बिनियोजन गर्दा वडामा बजेट सिलिङ कम दिएको लगायतका माग राख्दै यस अघिदेखि आन्दोलित जनप्रतिनिधिहरुले आज बिहान कार्यालय खुल्नासाथ अध्यक्षको कार्यकक्ष रहेको भवन र प्रशासनमा ताला लगाएका थिए । वडाध्यक्षहरुले ताला लगाएको करिब दुई घण्टापछि स्थानीयहरुले आएर ताला तोडिदिएका हुन् । जनप्रतिनिधिहरुको आपसी कुरा नमिलेको भए बैठक बसेर समाधान गर्नु पर्नेमा नागरिकको काम भने रोकिन नहुने भन्दै ताला तोडिदिएको कचनकवल ६ बनियानीका भुपाल दंगालले बताए । ७ वटा वडा रहेको कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीनजना वडाध्यक्ष राप्रपाबाट निर्वाचित छन् भने कांग्रेस र नेकपाबाट दुई÷दुई जना वडाध्यक्षहरु निर्वाचित रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्