हल्दिबारी , भदौ ११ । विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी रहेको छ ।

यसक्रममा आज हल्दिबारी ५ मा राप्रपा र नेकपा परित्याग गरी ६८ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । हल्दिबारी ५ का प्रताप राई ,मणिकुमार राई,समर फागो (साइला), गजिन तामाङ, मदन नेम्बाङको नेतृत्वमा ती युवा पार्टी प्रवेश गरेको जनाइएको छ । नेपाली काँगे्रस हल्दिबारी ५ का वडा सभापति देवीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नं ३ ‘ख’ का सभापति नविन बिमली, विशिष्ट अतिथि हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तथा पार्टीका साविक जलथलका पूर्व उपसभापति होम चुडाललगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन नेपाली कांग्रेस हल्दिबारी ५ का सचिव किरण दंगालले गरेका थिए । केही दिनदेखि नेपाली काँग्रेसले अन्य पार्टीका कार्यकर्तालाई आफूतिर आकर्षित गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्