झापा , भदौ १२ । झापामा कोरोना भाइरसको संक्रमणबाट आज एक जना बृद्धको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३ केर्खाका ८३ वर्षीय बृद्धको मृत्यु भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ९ दिनअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनको बिहान ४ बजे मृत्यु भएको हो। झापामा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।
यसअघि कोरोना संक्रमणका कारण दमक नगरपालिका— १ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको थियोे । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ती वृद्धलाई बीएण्डसी हस्पिटल बिर्तामोडले रेफर गरेर वीपी पठाएको थियो । भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । मृतकको मिर्गाैलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको आज मृत्यु भएको हो । मृत्यु हुनेमा मोरंगको बेलबारी ५ की ५६ बर्षीया महिला पनि रहेकी छन् ।
ती बेलबारीकी महिलालाई कोशी अंचल अस्पतालले रेफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो । उनको पनि आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्