झापा,भदौ १२ । झापाको बिर्तामोड ७ मा खोलामा डुबेका दिदीभाइमध्ये भाइको उद्धार गरिएको छ भने दिदीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ बस्ने अनवारुन मियाकी ९ वर्षीया छोरी अन्सारी खातुनको खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।उनका भाइलाई भने छिमेकीले उद्धार गरेका छन् । बिहिवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए । भाइलाई डुब्ने बित्तिकै उद्धार गरेका स्थानीयले उनकी दिदी पनि डुबेको पछि थाहा पाएको प्रहरी चौकी गरामनीका प्रहरी सहायक निरीक्षक मानबहादुर थापाले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्