शिवसताक्षी , भदौ १५ । भन्सार छली अबैधरुपमा ल्याउँदै गरेको ओरियन्स कम्पनीको सामान प्रहरीले फेरि बरामद गरेको छ ।

बरामद सामान

भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा झिलझिले प्रहरीले ओरियन्स कम्पनीका ६ लाख ७६ हजार ९४५ रुपैयाँ मूल्य बराबरको सामान आज बरामद गरेको हो । वीटग्रास डायट्री सप्लीमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा बरामद भएको प्रहरीले जनाएको छ । सामानसँगै ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षिय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षिय शिवराम चौधरी , मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षिय सुरजकुमार चौधरी , सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षिय दीपक सिंह , वडा नं ६ बस्ने २५ वर्षिय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षिय सुनिल बिश्वास रहेका छन् । उनीहरुले सामान बोक्न प्रयोग गरेको को ३३ प ३०८ , का. १७ प २८५६ नं को मोटरसाइकल र को ३४ प ५६८५ नं को स्कुटर बरामद भएको झिलझिले प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ति

अहिलेसम्म भन्सार छली ल्याएको ५० लाख बराबरको ओरियन्स कम्पनीको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनका अनुसार भदौ महिनामा मात्र १४ लाख मूल्य बराबरको ओरियन्स कम्पनीको सामान बरामद गरी भन्सारमा बुझाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्