झापा भदौ, १६ । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराएका मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण देखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनयता होम आइसोसनमा बसेका थिए । ‘होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा मेरो रिपोर्ट पोजेटिभ आयो,’ मन्त्री घिमिरेले भने, ‘कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेट्यो ।’ दुई दिनयता ज्वरो आएको र पखला लागेको मन्त्री घिमिरेले बताए । प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्