बिर्तामोड, भदौ १६ । युवा जागरण ( सजगता ) अभियान झापाको संयोजकको जिम्मेवारी पोषराज कटुवालले पाएका छन् ।

अभियानका संयोजक चिन्तन पौडेलले कटुवाललाई जिल्ला संयोजकमा मनोनयन गरेका हुन् । यो गैरराजनीतिक र गैरनाफामुलक सामाजिक अभियान हो। यो अभियानमा सरकारी वा गैरसरकारी संस्थाको लगानी नरहेको जनाइएको छ ।
आपसी सहयोग र सल्लाहमा देशभरका युवामा संचार गर्ने हेतु यो अभियान थालिएको नवनियुक्त संयोजक कटुवालले बताए ।
युवामा राजनीतिप्रतिको बितृष्णालाई कम गराउने , देशमै रोजगारीको अवसर खोज्ने , सीपमुलक तालिम र व्यावसायिक दक्ष जनशक्ति निर्माण गरी उद्यमशील बनाउने अभियानको लक्ष्य रहेको छ ।
बौद्धिकस्तरमा नितिगत छलफल गरी नेपालमा उपयुक्त नीति र कानुन निर्माण लागू गर्न प्रेरित गर्ने अभियानको अर्को उद्देश्य भएको संयोजक कटुवालले बताए । अभियानलाई देशव्यापी बनाइने केन्द्रीय संयोजक पौडेलको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्