बिर्तामोड , भदौ १६ । बिर्तामोडमा मुख्य कार्यालय रहेर संचालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले कुरिलोको बिरुवा र रायोको बीउ वितरण गर्ने भएको छ ।

लकडाउनमा घरमा बसिरहनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सदस्यहरुलाई बोटबिरुवा रोप्न प्रेरणा मिलोस् भनेर ‘बोट बिरुवा रोपौ स्वस्थ्य रहौं’भन्ने नारासहित संस्थाले भदौ १७ गते कुरिलो र रायोको बीउबिरुवा वितरण गर्ने भएको अध्यक्ष दिपेन्द्र राउतले बताए । । उनले सदस्यहरुले कार्यालयमा आएर कुरिलोको बिरुवा र रायोको बीउ लिन सक्ने बताउँदै कुरिलोको उन्नत जातको बिरुवा र मुस्ताङ्गे रायोको बीउ वितरण गरिने जानकारी दिए । लकडाउनको बेलामा होस् या अन्य कुनै वेलामा सदस्यहरुलाई संस्थाले सेवा प्रवाह गर्दै आएको छ । संस्थाले लकडाउनको अवधिमा कार्यक्षेत्रभित्र रहेका स्थानीय तहलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो भने एकका लागि एक अभियानलाई पिसिआर मेशिन स्थापनाको लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै अर्जुनधारा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई नयाँ लता कपडा र अर्जुनधारा नगरपालिकाभित्र २०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरको थियो । संस्थाको आर्थिक वर्ष २०७६÷७७ को वित्तीय अवस्था शेयर पुँजी ४७९,२८,७०० रहेको छ भने बचतमा ४६,२२,३७,७०३ बचत र कर्जामा ४९,४५,४८,८७७ रुपैयाँ रहेको संस्थाले यो वर्ष ९६,९२,५५५ रुपैयाँ नाफा कमाउन सकेको छ । संस्थाले चैत्र ११ गतेदेखि असार मसान्तसम्म लकडाउनको अवधिमा सदस्यहरुलाई १०,६३,५०२ रुपैयाँ व्याज र हर्जनावापतको रकम छुट गरिदिएको अध्यक्ष राउतले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्