दमक , भदौ १६ । इलाका प्रहरी कार्यालय दमकले ट्रयाक्टरसहित गोलिया काठ बरामद गरेको छ ।

दमक नगरपालिका वडा नं. १ पेल्टीमारीबाट बरामद गरिएको गोलिया काठ मसला, कदम र सिरीसका रहेका छन् । बरामद २२ थान गोलिया काठ अन्दाजी ५० क्युबिक फिट भन्दाबढी रहेको बताइएको छ ।
प्रहरीले बरामद गरिएका काठको कुनै पुर्जी वा प्रमाण भए लिएर आउनु भनेपनि मंगलबारसम्म कोही पनि सम्पर्क गर्न नआएपछि इलाका प्रहरी कार्यालय दमकले सव वन डिभिजन कार्यालय बेलडाँगीलाई बुझाएको र सो वन कार्यालयले सशस्त्र वन सुरक्षा शाखा सुरुङ्गालाई काठ बुझाएको छ ।
मे १ त २३७८ नम्बरको ट्रयाक्टरमा लोड गरिएको अवस्थामा इप्रका दमकको टोलीले उक्त काठ बरामद गरेको थियो । काठका बारेमा अनुसन्धान भइरहेकोे सशस्त्र वन सुरक्षा शाखाका एक कर्मचारीले बताए । कोरोना भाइरसको संक्रमणका बेला काठ तस्करहरु सक्रिय भएको प्रमाण जताततै भेटिने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्