एजेन्सी । फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्डोले पैगम्बर मोहम्मदको पहिलाको कार्टूनलाई पुनः प्रकाशित गरेको छ ।

जसका कारण २०१५ मा खतरनाक विद्रोही हमला भएको थियो । जब एक दिनपछि १४ जनामाथि सात जनवरी २०१५ मा चार्ली हेब्डोको कार्यालयमा हमला गर्नेलाई सहयोग गरेको आरोपमा मुद्धा शुरु हुन लागेको बेला त्यस कार्टूनलाई पुनर्प्रकाशित गरिएको हो । हमलामा पत्रिकाका प्रसिद्ध कार्टूनिस्टसमेत गरी १२ जनाको मृत्यु भएको थियो । त्यसको केही दिन पछि पेरिसमा त्यससँग सम्बन्धित अर्को हमलामा पाँच जना मारिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्