शिवसताक्षी , भदौ १८ । रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रमा भएको शिवसताक्षी ११ का गोमनसिंह मगर विभत्स हत्याको प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

घटनास्थल

मृतकको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको देखिन्छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोलीले अनुसन्धान थालेको हो ।
धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दतबाट अनुसन्धान थालिएको हो । कुकुर शाखाका सई दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेको लैलाले प्रहरी अनुसन्धानलाई सघाएको छ ।
शिवसताक्षी नगरपालिका ११ का मगरको शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलबाट करीब २ सय मिटर उत्तर मगरले प्रयोग गर्दै आएको प्रदेश ०१–०१–०१२ प ५२२५ को २०० सिसीको एनएस पल्सर बाइक लडाइएको अवस्थामा जंगलमा भेटिएको छ भने मृतकसंग रहेको पर्समा केही आवश्यक कागजात र केही नगद समेत फेला परेको छ ।

मिशन लैला

मृतकलाई घाँटी र गर्धनमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको प्रहरीले बताएको छ । घटनास्थलमा उनको साथमा बाइकको हेल्मेट रहेको थियो ।
मृतक मगर ६ महिनाअघि मात्र वैेदेशिक रोजगारका क्रममा बहराइनबाट आइ सोही बेला नै विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । मगर लकडाउनका कारण घरमै रहेका थिए । उनी मंगलबार साँझ साढे ६ बजे घरबाट आफ्नै बाइकमा निस्किएको पारिवारिक श्रोतको भनाइ छ । उनी अवेलासम्म पनि घर नआउँदा परिवारले बुधबार बिहान प्रहरीमा हुलिया समेत गराइएको बुझिएको छ ।

मगरको मोटरसाइकल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्