बिर्तामोड, भदौ १८ । किरात याक्थुङ् चुम्लुङले ३२औं स्थापना दिवस झापासहित देशैभरि विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यसैक्रममा झापाको बिर्तामोडस्थित चुम्लुङ भवनमा कियाचु इजरायल कल्याणकारी कोषबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको छ ।
यस वर्ष उक्त छात्रवृतिवाट दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत इन्द्रकुमार सम्बाहाम्फेलाई प्रदान गरिएको चुम्लुङ झापाका राष्ट्रिय चुम्लुङ् सदस्य शेषेहाङ फियाकले बताए ।
हरेक बर्ष चुम्लुङले आफ्नो स्थापना दिवसका अवसर पारेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृतिमार्फत नगद १० हजार र प्रमाणपत्र प्रदान गर्दै आएको छ ।
कियाचु जिल्ला अध्यक्ष भक्त खेवाङ्ले छात्रवृतिको रकमसहित प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा सहभागीहरुवीच शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
यसैगरी दमकमा पनि कियाचुले शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । चुम्लुङ नगर समितिले आफनै सभाहलमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङ बताए । कार्यक्रम चुम्लुङका केन्द्रीय सदस्य विष्णुमाया चेम्जोङ लावतीको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्